Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
निसान फेस्टिभ ड्राइभः नाडा अटो सोमा गाडी खरिद गर्दा ८ लाखसम्म छुट – Lekhanpeeth

निसान फेस्टिभ ड्राइभः नाडा अटो सोमा गाडी खरिद गर्दा ८ लाखसम्म छुट

268
0
Share:

काठमान्डौ/निसान गाडीको आधिकारिक वितरक कम्पनी पायोनियर मोटो कर्पले निसानका गाडीहरूमा ‘निसान फेस्टिभ ड्राइभ’ को विशेष छुटको योजना ल्याएको छ। यो योजना निसानका सबै गाडीहरू-निसान म्यागनाइट, निसान किक्स, निसान नाभारा, निसान लिफ र निसान एक्स–ट्रायलमा लागू हुनेछ।

 

पायोनियर मोटो कर्पका प्रबन्ध निर्देशक सन्दीपकुमार सारडाका अनुसार भदौ २६ देखि ३१ गतेसम्म सञ्चालन हुने १५औं नाडा अटो सो २०२३ तथा सँगै आउने चाडपर्वको उत्सवमय अवसरमा यो विशेष छुटको योजना ल्याइएको हो।

 

यो योजना नाडा अटो सो सकिएपछि पनि चाडपर्वको अवधिभरी लागू हुने कम्पनीको भनाइ छ। निसान फेस्टिभ ड्राइभ योजना अन्तर्गत ग्राहकहरूले ुनाडा अटो सोुमा निसान गाडी बुकिङ गर्दा विभिन्न सुविधा पाउनेछन्।

 

निःशुल्क गाडी व्यापक बीमा (इन्स्योरेन्स), निःशुल्क ३ वर्षको सडक कर (रोड ट्याक्स), निःशुल्क ३ वर्षको सर्भिसिङ, ३ वर्षको वारेन्टी र १३ लाखसम्म बचत हुने फाइदाबाट ग्राहकहरू लाभान्वित हुन सक्नेछन्। यो योजना अवधिभर विभिन्न मोडलका गाडीहरू उत्कृष्ट मूल्यमा सहज फाइनान्सिङ र विशेष छुटका साथ खरिद गर्न सकिनेछ।

Share: