महानगरद्वारा राति फोहोर फाल्ने १९ जनालाई जरिवाना

142
0
Share:

काठमान्डौ/काठमाडौँ महानगरपालिका-३२ स्थित बालकुमारीमा रहेको आकाशे पुलमुनि रातको समयमा फोहोर फाल्ने १९ जनालाई महानगरले जरिवाना तिराएको छ ।

 

महानगरपालिकाको नगर प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर जरिवाना तिराएको हो । जरिवानाबापत उनीहरूबाट ५० हजार ५ सय रुपैयाँ असुलिएको महानगरले जनाएको छ ।

 

स्थानीयको गुनासोपछि महानगर प्रहरीले सोमबार राति सो क्षेत्रमा छड्के अनुगमन गरेको थियो । सो क्रममा उनीहरूलाई नियन्त्रणपछि जरिवाना तिराएर छाडिएको महानगरले जनाएको छ ।

Share: