सेयर बजार उच्च अंकले वृद्धि

187
0
Share:

काठमान्डौ/साताको चौथो दिन सेयर बजार उच्च अंकले वृद्धि भएको छ । मंगलबार मात्रै १९ अंकले घटेको सेयरबजार आज ३९।४८ अंकले बढेर २००७।०६ बिन्दुमा कायम भएको छ ।

 

यसदिन बजारमा ५१ लाख ४४ हजार ७२४ कित्ता सेयरको खरिदबिक्री हुदाँ १ अर्ब ४९ करोड ५५ लाख २१ हजार ९०५ रुपैयाँको कारोबार भएको छ । आज बरुन हाइड्रोपावर कम्पनी सकारातमक सकिर्टका सार्थ सर्वाधिक नाफामा रहेको छ भने थ्रि स्टार हाइड्रोपावर लिमीटेड, सिटीजअन फण्ड २ र स्वाभिमान लघुवित्त वित्तीय संस्थाले सर्वाधिक गुमाएका छन् ।

 

त्यसैगरी, कारोबारको आधारमा एनआईसी एसीया बैंक ७ करोड ९३ लाख रुपैयाँको कारोबारका साथ शिर्ष स्थानमा रहेको छ ।

Share: