Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
नेम्वाङको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिँदै – Lekhanpeeth

नेम्वाङको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिँदै

572
0
Share:

काठमान्डौ/संविधानसभा अध्यक्ष, पूर्वसभामुख तथा नेकपा ९एमाले०का उपाध्यक्ष सुवास नेम्वाङको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ।

 

नेम्वाङको सोमबार राति निधन भएको थियो। दुई दिनसम्म पार्टी कार्यालय, च्यासलमा राखिएको उनको पार्थिव शरीरलाई बुधबार बालुवाटारस्थित निवासमा लगिएको थियो । आज बिहान ११ बजे पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ नेम्वाङको अन्त्येष्टि गरिनेछ।

 

त्यसअघि शवयात्रा हुनेछ। शवयात्रा बालुवाटार, शिक्षण अस्पताल, महाराजगञ्ज, धुम्बाराही, चाबहिल, गौशाला हुँदै पशुपति आर्यघाटमा पुग्नेछ। अन्त्येष्टिका दिन आज सरकारले सार्वजनिक बिदा पनि दिएको छ।

Share: