Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
चरित्र हत्या गरेको भन्दै रविले हाले कान्तिपुरविरुद्ध गाली–बेइज्जतीको मुद्दा – Lekhanpeeth

चरित्र हत्या गरेको भन्दै रविले हाले कान्तिपुरविरुद्ध गाली–बेइज्जतीको मुद्दा

Share:

काठमान्डौ/राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सदनमा भएका सहकारी पीडितहरू मध्य सबैभन्दा दरिलो उभिन नसके भोट माग्न नआउने बताएका छन् । मंगलबार उनले आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत स्ट्याटस लेख्दै भ्रामक समाचार सामग्री सम्प्रेषण गर्नेहरूका विरुद्ध कानुनी उपचारमा गएको जानकारी दिएका हुन् ।

 

उनले समाचारमा आएका कुनै सहकारीको सञ्चालक, शेयर होल्डर, बचतकर्ता, सदस्य, लगानीकर्ता, खातावाल केही पनि नभएको बताए । उनले सहकारीहरूमा कुनै रकम राख्ने, झिक्ने, मिलाउने काम नगरेको र उनको नाम राखिएरदेखिए लगायतका अन्य विषयमा समेत कानुनी परामर्शमा रहेको बताए ।उनले एउटा योद्धा लडाइँबाट पिठ्युँ फर्काएर नभाग्ने र हार जीतको पर्बाह नगरी इमानका साथ लडिरहने बताए । उनले कान्तिपुर पब्लिकेशन लिमिटेड विरुद्ध उजुरी दिएका हुन् ।

 

यस्तो छ रवि लामिछानेको फेसबुक स्ट्याटस :

 

‘एउटा योद्धा लडाइँबाट पिठ्युँ फर्काएर भाग्दैन। हार जीतको पर्बाह नगरी उ इमानका साथ लडिरहन्छ। म आरोप लाग्नै नहुने मान्छे होइन। तर म समाचारमा आएका कुनै सहकारीको सञ्चालक, शेयर होल्डर, बचतकर्ता, सदस्य, लगानीकर्ता, खातावाल केही पनि होइन। मैले ती सहकारीहरूमा कुनै रकम राख्ने, झिक्ने, मिलाउने काम गरेको छैन। मेरो नाम राखिएरदेखिए लगायतका अन्य विषयमा समेत कानुनी परामर्शमा छु। म लोकतन्त्रको बलियो आधारमध्य एक, प्रेस स्वतन्त्रताको पक्षमा जीवनभर लडिरहने छु। सहकारी पीडितहरूको पीडामा सदनमा भएका मध्य सबैभन्दा दरिलो उभिन सकिन भने यो अनुहार लिएर भोट माग्न आउँदिन। यो मेरो वचन भो। मलाई नियोजित रूपमा बदनाम गर्ने गरी आएका समाचारको खण्डन गरेको छु र यसरी भ्रामक समाचार सामग्री सम्प्रेषण गर्नेहरूका विरुद्ध कानुनी उपचारमा गएको छु।

Share: