Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
उपभोक्ता ठगिनु हुन्न : अध्यक्ष ओली – Lekhanpeeth

उपभोक्ता ठगिनु हुन्न : अध्यक्ष ओली

313
0
Share:

काठमान्डौ/नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले चाडपर्वमा उपभोक्तालाई सजकता अपनाउन आग्रह गरेका छन् । ललितपुर, च्यासलस्थित एमाले पार्टी कार्यालयमा पार्टीको उपभोक्ता हित तथा सुशासन विभागले बढ्दो महँगी र उपभोक्ता हितको सवाल विषयक विचार गोष्ठीमा उनले चाडपर्वको बेला उपभोक्ता ठगिने गरेको भन्दै सरकारले सजकता अपनाउनुपर्ने बताए ।’चाडपर्वमा बेला उपभोक्ता मर्का परेर, महँगीको मारले कृत्रिम अभाव सिर्जना भएर, ठगीमा परेर, गुणस्तरीय समान नभएर, उचित मूल्य नभएर अझ बढी पीडामा सर्वसाधारण नपरुन् भनेर सरकारले सजकता अपनाउनुपर्दछ’, उनले भने, ‘चाडवाडका बेला सर्वसाधारण ठगिनु हुँदैन ।’

 

अध्यक्ष ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विदेश भ्रमणबाट फर्किसकेपछि उपभोक्ता हित संरक्षणबारे आफूले कुरा गर्ने बताए । उनले सरकारलाई उपभोक्ता हित संरक्षण गर्नका लागि बाध्य पार्नुपर्ने बताए । उनले जनता आफैँ ठगिएको थाहा नपाउने भन्दै ठगिएको कुरा जनतालाई बुझाउनुपर्ने बताए। अध्यक्ष ओलीले उपभोक्त हित संरक्षणबारे पार्टीले जागरण अभियान र संसद्मा कुरा उठाउने भन्दै स्थानीय जनप्रतिनिधिलाई पनि उपभोक्ता हित संरक्षणमा सजकता अपनाउन आग्रह गर्नुपर्ने भनाइ राखे ।

 

पूर्वअर्थमन्त्री डा युवराज खतिवडाले बजारलाई सुसूचित गर्ने प्रणाली नभएकाले उपभोक्ता ठगीमा पर्ने गरेको बताए । उनले बजार अनुगमन गर्ने संयन्त्र नभएको कतिपय सामग्रीको चार वर्षमा भएको मूल्यवृद्धि अहिले दुई वर्षमा भएको बताए । ‘एकातिर आर्थिक मन्दी भनिरहेका छौँ । अर्कोतिर मूल्य वृद्धि भइरहेको छ । बजारमा कृत्रिम अभाव र एकाधिकार पनि छ, । बजारमा मूल्य वृद्धि रोक्ने अनुगमन पनि भएको छैन । अनि मूल्य बढिरहेको छ’, उनले भने। उनले सरकारले आपूर्ति गर्ने वस्तु नियमित नगर्दा पनि विवाद आउने गरेको बताए ।

 

पूर्वअर्थमन्त्री डा. खतिवडाले उपभोक्ताका लागि चाहिने वस्तुको पहिचान नगरिकन वस्तुमा नियन्त्रण गरिएको बताए । अनुत्पादक क्षेत्रमा खर्च हुँदा उपभोक्तालाई मार पर्ने भन्दै उहाँले सरकारले अनुत्पादक खर्च घटाउनुपर्ने बताए ।

Share: