नेपाल र चीनबीच १३ वटा सम्झौतामा हस्ताक्षर

106
0
Share:

काठमान्डौ/नेपाल र चीनबीच विभिन्न १३ वटा सम्झौतामा हस्ताक्षर भएको छ। १२ वटा सम्झौता र एउटा समझदारी पत्रमा हस्ताक्षर भएको जनाइएको छ। चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ प्रधानमन्त्री लि छ्याङबीचको द्विपक्षीय वार्ताका क्रममा सम्झौताहरूमा हस्ताक्षर भएको हो।

 

नेपाल र चीनबीच कृषि, सञ्चार, विज्ञान तथा प्रविधि, पूर्वाधार, व्यापारसँग सम्बन्धित विषयमा सम्झौताहरू भएका हुन्। नेपालको राष्ट्रिय योजना आयोग र चीनको राष्ट्रिय विकास तथा अनुसन्धान परिषद्‌बीच पनि सम्झौता पत्रमा हस्ताक्षर भएको छ।

 

सम्झौताको आधिकारिक जानकारी दुवै पक्षको संयुक्त वक्तव्यमार्फत जानकारी गराइने जनाइएको छ।

 

Share: