पोखराबाट सुर्खेत जाँदै गरेको बस दाङमा दुर्घटना, १४ जना घाइते

151
0
Share:

काठमान्डौ/दाङमा यात्रुबहाक बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । पोखराबाट सुर्खेतका लागि छुटेको ग १ ख ८४८५ नम्बरको बस आज बिहान पूर्व-पश्चिम राजमार्ग अन्तर्गत दाङको बबईसोता पुलको साइडमा दुर्घटना भएको हो ।

 

घाइतेहरुको लमही अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले चालक रामेछापको सुनपति गाउँपालिका-३ का ३३ वर्षीय रामकृष्ण खड्कालाई नियन्त्रणमा लिएको छ ।

 

बसमा १६ जना यात्रु सवार रहेको प्रहरीले जनाएको छ ।

Share: