भारतले नेपाललाई दियो २०३ रनको लक्ष्य

234
0
Share:

काठमान्डौ/भारतले नेपाललाई २०३ रनको लक्ष्य दिएको छ । जारी एसियन गेम्स अन्तर्गत क्रिकेटको क्वाटरफाइनलमा टस जितेर पहिला ब्याटिङ गर्दै भारतले नेपाललाई २०३ रनको लक्ष्य दिएको हो ।

 

भारतले २० ओभरमा ४ विकेट गुमाउँदै २०२ रन बनाएको हो । भारतका लागि यशस्वी जैसवालले शतकीय पारी खेलेका थिए । उनी ४९ बलमा १०० रन बनाएर आउट भएका थिए । त्यसैगरी भारतका लागि कप्तान रुतुराज गायकवाडले २५ रन बनाए भने शिभम दुबेले अविजित २५ रन बनाए । तिलक बर्माले २, जितेश शर्माले ५ र रिंकु सिंहले अविजित ३७ रन बनाएका थिए ।

 

नेपाल बलर दीपेन्द्र सिंह ऐरीले २ विकेट लिएका थिए भने सोमपाल कामी र सन्दीप लामिछानेले एक एक विकेट लिएका थिए ।

 

नेपालको प्लेइङ-११

 

आसिफ शेख ९विकेटकिपर०, कुशल भुर्तेल, कुशल मल्ल, रोहित पौडेल ९कप्तान०, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुलशन झा, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने र अभिनाश बोहरा ।

 

भारतको प्लेइङ-११

ऋतुराज गायकवाड (कप्तान), यशस्वी जैसवाल, तिलक बर्मा, शिवम दुबे, रिंकु सिंह,जितेश शर्मा, वासिन्टन सुन्दर, साई किशोर, रवि विश्रोई, आवेश खान र अर्शदीप सिंह ।

 

Share: