Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
‘कृषि क्षेत्रको आधुनिकीकरणबाट उत्पादन वृद्धि हुन्छ’ – Lekhanpeeth

‘कृषि क्षेत्रको आधुनिकीकरणबाट उत्पादन वृद्धि हुन्छ’

259
0
Share:

काठमान्डौ/नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले कृषि क्षेत्रको आधुनिकीरणबाट उत्पादन वृद्धि हुने भएकाले त्यसतर्फ लाग्नुपर्नेमा जोड दिएका छन् । समाजवादी जागरण अभियानद्वारा आज सिमरामा आयोजित आमसभामा उनले जनतालाई गरिबीबाट मुक्त गर्न प्रविधिको प्रयोग गरी कृषि उत्पादनमा वृद्धि गर्नुपर्ने बताए।

 

पार्टीका नीति, सिद्धान्तमा शिक्षा, स्वास्थ्य र रोजगारलगायत विषयलाई सर्वसाधारण नागरिकको सर्वसुलभ पहुँचमा पुर्‍याउने दृष्टिकोण आफ्नो पार्टीले अभियान सञ्चालन गरेको अध्यक्ष नेपालले उल्लेख गरे। समाजमा भएका लैङ्गिक तथा वर्गीय विभेद्को अन्त्य गरेर सामाजिक न्याय, समानता कायम गर्ने पार्टीको वैचारिक दृष्टिकोण रहेको उनको भनाइ थियो ।

 

पार्टीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले समाजवादका माध्यमबाट मुलुकमा समृद्धि कायम गर्ने र जनतालाई सुखी बनाउने कार्ययोजना पार्टीले तर्जुमा गरेको बताए । देशमा पुँजीवादी शोषण गाउँसम्म फैलिएको बताउँदै उनले भने, ‘वैज्ञानिक समाजवाद अबको लक्ष्य हो ।’

 

महासचिव घनश्याम भुसालले समाजवादमा एकले अर्कालाई शोषण, विभेद् नगर्ने विशेषता रहेको बताउँदै समान अधिकारका माध्यमबाट सामाजिक न्याय, समानता तथा समृद्धि कायम गर्न सकिने बताए। अभियानअन्तर्गत जितपुरमा विभिन्न पार्टी अध्यक्ष परित्याग गरी आज एक हजार पाँच सय नेता तथा कार्यकर्ता सो पार्टी प्रवेश गरेका थिए । रौतहट, पर्सा र बारामा पाँच आमसभा सम्पन्न गरिएको छ ।

Share: