Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
‘बेरोजगारी कम गर्न निजी क्षेत्र र सरकारबीच साझेदारी आवश्यक छ’ – Lekhanpeeth

‘बेरोजगारी कम गर्न निजी क्षेत्र र सरकारबीच साझेदारी आवश्यक छ’

277
0
Share:

काठमान्डौ/अर्थमन्त्री डा. प्रकाशशरण महतले देशमा व्याप्त बेरोजगारी कम गर्नका लागि निजी क्षेत्र र सरकारबीच साझेदारी एवं सहकार्य अपरिहार्य रहेको बताएका छन् ।

 

नेपाल तालिम तथा रोजगार व्यवसायी महासङ्घले आज आयोजना गरेको सीपमूलक तालिमका सम्भावना र योजना विषयक अन्तरक्रियामा उनले लहडको भरमा भन्दा पनि बजारको माग बमोजिम व्यावसायिक र सीपमूलक तालिम प्रदान गर्न आवश्यक रहेको बताए। उनले भने, ‘लहडको भरमा भन्दा पनि बजारको माग बमोजिम व्यावसायिक र सीपमूलक तालिम प्रदान गरे सोचे अनुरुपको आर्थिक लाभ लिन सकिन्छ ।’

 

यसैगरी उनले नेपालबाट दैनिक रोजगारीका लागि विदेश पलायन भइरहेको अवस्थामा महासङ्घले दक्ष कामदार उत्पादनमा जोड दिनुपर्ने बताए। देशमै दक्ष मानव संशाधनको अभाव हुनु र अर्काेतिर बेरोजगारी दर बढ्दै जानु चिन्ताको विषय भएको उनको भनाइ थियो । देशमा विभिन्न किसिमका व्यावसायिक तालिम निजी क्षेत्र, वैदेशिक रोजगार विभाग, श्रम विभागलगायतले सञ्चालन गरे पनि परिणाममुखी बन्न नसकेको भन्दै अर्थमन्त्री डा. महतले चिन्ता समेत व्यक्त गरे।

 

सो अवसरमा महासङ्घका अध्यक्ष अच्युत नेपालले बजारमा सीपमूलक तालिम र दक्ष जनशक्तिको माग एवं आपूर्तिकाबीच देखिएको दूरी अन्त्यका लागि सरकारसँगको साझेदारी र सहकार्यमा महासङ्घले छोटो अवधिका सीपमूलक तालिम सञ्चालन गर्दै आएको जानकारी दए ।

Share: