चलचित्र ‘परदेशी २’को ट्रेलर सार्वजनिक

208
0
Share:

काठमान्डौ/असोज २६ गते ९आउँदो शुक्रवार०बाट प्रदर्शनमा आउने चलचित्र परदेशी २’को ट्रेलर सार्वजनिक गरिएको छ । उक्त चलचिको अफिसियल ट्रेलर हिजो आफ्नै युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

 

नारायण रायमाझी निर्देशित चलचित्रको ट्रेलरमा अध्ययनका लागि युवाको विदेश यात्रा र त्यसले सिर्जना गर्ने पारिवारिक एवं सामाजिक संवेदनालाई देखाइएको छ । प्रेम, बिछोड, उमंग, द्वन्द्व सबै पक्षको समीस्रण ट्रेलरमा पाइन्छ । गीतसंगीतलाई पनि ट्रेलरमा विशेष स्पेश दिइएको छ । ‘परदेशी २’ गायनमा स्थापित प्रकाश सपूतको डेब्यु र शीर्ष भूमिका रहेको चलचित्र भएका कारण ट्रेलरमा उनलाई नै बढी ‘स्क्रिन स्पेश’ दिइएको छ ।

 

अभिनेत्रीद्वय केकी अधिकारी, वर्षा शिवाकोटीसँगै अभिनेताद्वय प्रशान्त तामाङ र दिलीप रायमाझीलाई पनि ट्रेलरमा देखाइएको छ । ‘गोर्खा पल्टन’मा लाहुरेको भूमिकामा देखिएका अभिनेता प्रशान्त तामाङ यस पटक पनि सोही भूमिकामा छन् । दशैंको परिवेशलाई समेत चलचित्रले झल्काउने ट्रेलरबाट बुझ्न सकिन्छ ।

 

राजेश वंशल र निर्देशक रायमाझीको संयुक्त निर्माण रहेको चलचित्रमा प्रकाश, केकी, वर्षा, प्रशान्त र दिलीपका साथमा नीर शाह, रमा थपलिया, सबिन बास्तोला, देवेन्द्र बब्लु, रोशनी कार्कीलगायतको समेत अभिनय छ । रमेश बिजीले चलचित्रको कथा एवं पटकथा लेखेका हुन् । मानकृष्ण महर्जनको छायांकन, अष्ट महर्जनको द्वन्द्व, रामजी लामिछाने र गोविन्द राईको नृत्य निर्देशन रहेको चलचित्रलाई दीर्घ खड्काले सम्पादन गरेका हुन् ।

 

यसअघि ‘गोर्खा पल्टन’ र ‘परदेशी’ जस्ता सुपरहिट चलचित्र दिएका निर्देशक रायमाझीको ‘परदेशी २’ तेस्रो चलचित्र हो । चलचित्र उद्योग र दर्शक दुवैका लागि प्रतीक्षित मानिएको ‘परदेशी २’ले बक्स अफिसमा राम्रो व्यापार गर्ने अपेक्षा गरिएको छ ।

Share: