ओएसआरका सञ्चालक अग्रवाललाई चार दिन हिरासतमा राख्न अनुमति

Share:

काठमान्डौ/फिल्म ‘प्रसाद २’ का निर्माताको उजुरीपछि पक्राउ परेका ओएसआर डिजिटलका सञ्चालक ओमप्रकाश अग्रवाललाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ ।

 

आपराधिक विश्वासघातको आरोपमा शुक्रबार पक्राउ परेका अग्रवाललाई प्रहरीले आइतबार अदालतमा उपस्थित गराएको हो ।

 

प्रसाद २ का निर्माता सुदर्शन बस्नेत र ज्याक श्रेष्ठले आफूहरूको मञ्जुरीबिनै फिल्मलाई देश तथा विदेशमा प्रदर्शन गरेर एक करोड ५० लाख रुपैयाँ ठगी गरेको भन्दै प्रहरीमा उजुरी दिएका थिए ।

Share: