Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
व्यवसायी दुर्गा प्रसाईँलाई कालो मोसो दलियो – Lekhanpeeth

व्यवसायी दुर्गा प्रसाईँलाई कालो मोसो दलियो

474
0
Share:

काठमान्डौ/बेला बेला विवादमा आइरहने व्यवसायी दुर्गा प्रसाईमाथि कालोमोसो दलिएको छ । सोमबार दिउँसो काठमाडौंको कान्तिपथस्थित येलो प्यागोडा होटल अगाडि प्रसाईलाई कालोमोसो दलिएको हो ।

 

उनीमाथि कसले मोसो दल्यो भन्ने विषयमा औपचारिक जानकारी आएको छैन । प्रसाई आफ्ना अभिव्यक्तिका कारण बेलाबेलामा विवादमा परिरहन्छन् ।

 

उनले केहि दिनअघि मात्र मारवाडी समुदायका व्यापारीमाथि प्रहार गरेका थिए । प्रसाईले बैंकहरुलाई सुतखोर भन्दै सार्वजनिक रुपमा ऋण नतिर्ने धम्की दिएका थिए । उनले कालो मोसो अभियान आफैले संचालन गरेका थिए । तर आज उनीमाथि नै कालोमोसो दलिएको छ ।

 

Share: