Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
रिगलको कैद माफी विरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुँदै – Lekhanpeeth

रिगलको कैद माफी विरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुँदै

320
0
Share:

काठमान्डौ/ज्यान मुद्दाका अभियुक्त ‘रिगल’ भनिने योगराज ढकालको कैद माफीविरुद्ध दायर भएको रिटमाथि सुनुवाइका लागि आज सर्वोच्च अदालतको पूर्ण इजलासमा पेसी तोकिएको छ।

 

रिगल समेतको समूहले खुँडा प्रहार गरी मारेका नेपालगञ्जका चेतन मानन्धरकी श्रीमती भारती शेर्पा ९मानन्धर०ले दायर गरेको रिटमाथि सर्वोच्चले आज (बिहीबार)दोस्रो सुनुवाइ गर्न लागेको हो। यसअघि गत बिहीबार (असोज १८ गते) प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चले रिगललाई माफी दिने निर्णयमा गम्भीर चासो देखाएको थियो।

 

बिहीबार सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ तथा न्यायाधीशहरू आनन्दमोहन भट्टराई र कुमार रेग्मीको इजलासमा पेसी तोकिएको छ। रिटको सुनुवाइको पालो पूर्ण इजलासमा क्रमसंख्याअनुसार ख (दोस्रो) नम्बरमा रहेको छ।

 

गत बिहीबार (असोज १८ गते), सर्वोच्च अदालतका न्यायाधीश मनोज शर्माको इजलासमा भएको सुनुवाइमा कानुन व्यवसायीहरुले राज्यले कैद मिनाहा कसका लागि र कसरी दिन सक्ने भन्ने प्रसंग उल्लेख गर्दै कैद मिनाहा गर्ने राष्ट्रपतिको अधिकारमाथि प्रश्न उठाएका थिए।

 

गत बिहीबार भएको सुनुवाइमा सर्वोच्चले कैद मिनाहाको विषयलाई गम्भीर रूपमा लिदै ८ बुँदामा समग्र आदेश जारी गरेको थियो। सर्वोच्चले अदालतले सरकारसँग माफीको बारेमा निर्णय माग गर्नुका साथै राष्ट्रपति कार्यालयबाट सम्पूर्ण सक्कल फाइल समेत मगाएको थियो।

Share: