Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
सुनको मूल्य घट्यो, चाँदीको स्थिर – Lekhanpeeth

सुनको मूल्य घट्यो, चाँदीको स्थिर

287
0
Share:

काठमान्डौ/साताको दोस्रो दिन आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन तोलामा ७०० रुपैयाँले घटेको हो ।

 

छापावाल सुन तोलामा एक लाख १२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन एक लाख १३ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजाबी सुन तोलामा एक लाख ११ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी तोलामा एक हजार ३९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

Share: