Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
सुनको मूल्य तोलामा ३ सयले घट्यो, आज कतिमा हुँदैछ कारोबार ? – Lekhanpeeth

सुनको मूल्य तोलामा ३ सयले घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

161
0
Share:

काठमान्डौ/नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन प्रतितोला तीन सय रुपैयाँले घटेर १ लाख ४९ हजार ३०० सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

बुधबार छापावाल सुन प्रतितोला १ लाख ४९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ३० रुपैयाँले घटेर १ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

 

हिजो प्रतितोला चाँदी १ हजार ८ सय ३० रुपैयाँमा कारोबार भएको थियो।

Share: