Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
रक्षामन्त्री खड्का र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता – Lekhanpeeth

रक्षामन्त्री खड्का र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता

294
0
Share:

काठमान्डौ/संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस र उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काबीच शिष्टाचार भेट भएको छ ।

 

उपप्रधानमन्त्री खड्कासँग गुटरेसले रक्षा मन्त्रालयमा भेट गरेका हुन् । यसअघि आइतबार नै महासचिव गुटरेसले परराष्ट्रमन्त्री एनपी साउदसँग भेट गरेका छन् । आइतबार राति नेपाल आएका गुटरेसको आइतबार धेरै भेटघाटका कार्यक्रम रहेको छ ।

 

उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठसँग पनि भेटवार्ता गर्नेछन् ।

Share: