Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
ढुङ्गा प्रहार गरी छोराले गरे बुवाको हत्या – Lekhanpeeth

ढुङ्गा प्रहार गरी छोराले गरे बुवाको हत्या

Share:

काठमान्डौ/कैलालीमा छोराले बुवाको हत्या गरेका छन् । जिल्लाको जानकी गाउँपालिका-३ लाइकपुरमा २४ वर्षीय गणेश चौधरीले ४५ वर्षीय बुवा हिरासिंह चौधरीको हत्या गरेको प्रहरीले जानकारी दिएको छ ।

 

घरायसी विवादको क्रममा ढुङ्गाले प्रहार गर्दा हिरासिंहको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय टीकापुरले जानकारी दिएको छ । प्रहरीले गणेशलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय टीकापुरले जानकारी दिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Share: