Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
संसदमा रवि लामिछानेको प्रश्न : सत्ता स्वार्थको लागि मात्रै मिल्ने ? – Lekhanpeeth

संसदमा रवि लामिछानेको प्रश्न : सत्ता स्वार्थको लागि मात्रै मिल्ने ?

316
0
Share:

काठमान्डौ/राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछानेले शीर्ष दलका नेताहरू सत्ता स्वार्थका लागि मात्रै मिल्ने गरेको भन्दै कडा आपत्ति जनाएका छन् । प्रतिनिधि सभाको बिहिबारको बैठकमा उनले सत्ता स्वार्थका लागि मिल्नेहरुले शान्ति प्रक्रियालाई पूर्णता दिने र पीडितलाई न्याय दिने काममा मिल्न कसले रोक्यो भन्ने प्रश्न उठाए ।

 

उनले भने ‘शान्ति प्रक्रियाको कुरा चल्यो, सरकार बनाउने बेलामा हिजो दुस्मन भनिएका दलहरू बिना सर्त एक ठाउँमा उभिएको हामीले देखेका छौँ । कोशीको कुरा हेर्दा त सबै दलहरू एकै ठाउँमा उभिएका छन् । महागठबन्धन भएको छ । आफ्नो सत्ता स्वार्थको लागि मिल्न सक्नुहुने पीडितलाई न्याय दिने शान्तिप्रक्रियामा चाहिँ के ले रोक्यो तपाईँहरूलाई रु कसले रोक्यो कहाँ रोक्यो, हामी नयाँ दलले रु त्यस्तै उनले, शीर्ष दलका नेता मुलुकको हितका लागि चिन्तित नरहेको टिप्पणी गरे ।

 

‘आज हामी संविधान र व्यवस्था जोगाईराखेका र्छौं कि आफ्ना मानीसहरु जोगाई राखेका छौँ छातीमा हात राखेर सोच्नुपर्ने बेला आएको छ । यदि व्यवस्था जोगाई राखेको थियौँ भने ,साँची नै संविधान मुलुक र जनताको चिन्ता हुन्थ्यो भने जेलमा बसेको मानीसलाई कसरी छुटाउने अनुसन्धानमा आफ्ना मान्छेलाई कसरी बचाउँने भन्ने कुराको चिन्ता हुने थिएन हामीलाई व्यवस्था जोगाउनु छैन् आफ्ना मान्छे जोगाउनु छ ।’ उनले भने, उनले सफा नियतका साथ देश हितमा काम गर्न नेताहरुलाई सुझाव दिए । राम्रो काममा साथ दिन आफ्नो पार्टी तयार रहेको उनको तर्क थियो ।

 

‘अन्तराष्ट्रिय मानव अधिकार मान्यता अनुसार पीडितको न्यायलाई मध्यनजर राखेर यसलाई टुङ्ग्याउन कसैले रोकेको छैन् । रोकेको छैन् रोकेको छ त केवल तपाईहरुको नियतले । सफा गर्नुहोस् । हामी नयाँ दलका रुपमा आएका छौँ । हामी प्रक्रियागत रुपमा पीडितका पक्षमा रहेर यसलाई टुङग्याउन कहाँ सघाउनु पर्छ हामी तयार छौँ ।’

Share: