Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
यूएईविरुद्धको खेलमा नेपालले लियो दुई विकेट – Lekhanpeeth

यूएईविरुद्धको खेलमा नेपालले लियो दुई विकेट

290
0
Share:

काठमान्डौ/आईसीसी टी–२० विश्वकप एशिया छनोट अन्तर्गत सेमिफाइनलमा नेपाललाई दोस्रो सफलता मिलेको छ। यूएईविरुद्ध बलर सोमपाल कामीको बललाई करण केसीले क्याच गरेका हुन्। युएईका कप्तान मोहम्मद वासिमको २६ रन बनाएर आउट भएका छन्।

 

नेपाल समूह ‘ए’को उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो। नेपालले समूह चरणमा सिंगापुरलाई ८ र मलेसियालाई ६ विकेटले पराजित गरेको थियो।

 

यद्यपि, अन्तिम खेलमा भने ओमानसँग ५ रनले पराजित भएको थियो। यूएई भने समूह ‘बी’को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो। यूएईले बहराइन र कुवेतलाई समान ५ विकेट र हङकङलाई २२ रनले पराजित गरेको थियो।

Share: