Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
प्रधानमन्त्री कपमा त्रिभुवन आर्मीमाथि बागमतीको जित – Lekhanpeeth

प्रधानमन्त्री कपमा त्रिभुवन आर्मीमाथि बागमतीको जित

253
0
Share:

काठमान्डौ/प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले दोस्रो हात पारेको छ। बुधबार मुलपानी मैदानमा भएको खेलमा बागमतीले त्रिभुवन आर्मी क्लबलाई ३ विकेटले पराजित गर्‍यो।

 

४३ ओभरमा घटाइएको खेलमा आर्मीले दिएको ९८ रनको झिनो लक्ष्य पछ्याएको बागमतीले २२.१ ओभरमा लक्ष्य पूरा गरे पनि ७ विकेट गुमायो। बागमतीका लागि अशोक पौडेलले २१ रन जोड्दा प्रतिश जिसी पनि २१ रनमै नटआउट रहे। बागमतीका अरु ब्याटर भने सस्तैमा आउट भए।

 

बलिङमा आर्मीका सोमपाल कामीले ३ विकेट लिए। उनले ७ ओभरमा १ मेडन राख्दा २६ रन दिए। साहब अलाम र जितेन्द्र मुखियाले २९२ विकेट लिए। त्यसअघि सूर्य तामाङले पाँच विकेट लिएपछि बागमतीले आर्मीलाई ९७ रनमै अलआउट गर्‍यो।

 

मुलपानी मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको आर्मी २७.१ ओभरमा अलआउट भएको हो। आर्मीका लागि भीम सार्कीले १८ रन, कप्तान विनोद भण्डारीले २८ रन र विवेक यादवले ११ रन बनाउँदा अरु ८ ब्याटर दोहोरो अङ्कमा रन जोड्न नपाइ आउट भए।

 

आर्मीलाई सस्तैमा अलआउट गर्ने क्रममा बागमतीका सूर्य तामाङले ५ विकेट लिए। उनले ९ ओभरमा २ मेडन राख्दा २६ खर्चिए। तामाङले आर्मीका भीम सार्की, कुशल मल्ल, बसिर अहमद, सन्दीप रजाली र शाहब अलामलाई आउट गरेका थिए। जसमा उने उनले अलाम, मल्ल र अहमदलाई बोल्ड गरे। तामाङले मंगलबार मधेस प्रदेशविरुद्ध ह्याट्रिकसहित ६ विकेट लिएका थिए।

Share: