Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
ढोरपाटनमा ट्याक्सी दुर्घटना, दुईजनाको मृत्यु – Lekhanpeeth

ढोरपाटनमा ट्याक्सी दुर्घटना, दुईजनाको मृत्यु

286
0
Share:

काठमान्डौ/बागलुङको ढोरपाटनमा ट्याक्सी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । बडिगाड गाउँपालिकाबाट ढोरपाटन नगरपालिकातर्फ जाँदै गरेको ध१ज ९९४ नम्बरको ट्याक्सी गएराति मध्यपहाडी लोकमार्गमा पर्ने ढोरपाटन–२ मलकटिबाङमा दुर्घटना भएको हो ।

 

दुर्घटनामा ट्याक्सीमा सवार बागलुङको ढोरपाटन नगरपालिका–२ पाखुटेका २८ वर्षीय होमबहादुर पुन र बडिगाड–६ छिसफाँटका ३२ वर्षीय अस्विन परियारको मृत्यु भएको प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए ।

 

ट्याक्सी सडकबाट एक सय मिटर तल खसेको थियो । दुवै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

Share: