
काठमान्डौ/युट्युबर मनोज मानव पक्राउ परेका छन् । मानवलाई प्रहरीले बुधबार साँझ काठमाडौँको कीर्तिपुरबाट पक्राउ गरेको हो। सामाजिक सञ्जालमार्फत् महिलाको चरित्र हत्या गरेको आरोपमा नेपाल प्रहरीको साइबर ब्युरोले मनोजलाई पक्राउ गरेको जनाइएको छ ।
मनोजलाई बिहीबार अदालतमा पेस गर्ने प्रहरीको तयारी छ। उनले स्टार अनलाइन टिभी नामक युट्युब च्यानल चलाउँदै आएका थिए।