
काठमान्डौ/राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेटवार्ता गरेका छन् ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आज बिहान भएको भेटमा राष्ट्रपति पौडेलले भूकम्पप्रभावित क्षेत्रमा राहत व्यवस्थापन कार्यलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराएका उनका प्रेस सल्लाहकार किरण पोखरेलले राससलाई जानकारी दिए । सो अवसरमा उनिहरुबीच समसामयिक विषयमा समेत छलफल भएको थियो ।