एनएसएल : आज पोखरा र ललितपुर भिड्दै

243
0
Share:

काठमान्डौ/नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज पोखरा थण्डर्स र ललितपुर सिटी एफसीबीच प्रतिस्पर्धा हुँदैछ । यसअघि दुवैले आफ्नो पहिलो खेल जित्दै सुखद सुरुआत गरेका थिए । त्यही लयलाई कायम राख्दै लगातार दोस्रो खेल जित्ने लक्ष्यमा पोखरा र ललितपुर मैदानमा उत्रिँदै छन् ।

 

ललितपुरले पहिलो खेलमा बुटवल-लुम्बिनी एफसीलाई २-० ले पराजित गरेको थियो । ललितपुरका लागि कप्तान तथा मार्की अनन्त तामाङ र दिनेश हेन्जनले गोल गरेका थिए । उता पोखराले भने पहिलो खेलमा एफसी चितवनलाई १-० ले पराजित गरेको थियो । पोखराका लागि विदेशी खेलाडी मोसेसले गोल गरेका थिए ।

 

पोखरा र ललितपुरबीचको खेल आज साँझ साढे ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा सुरु हुनेछ ।

Share: