
काठमान्डौ/साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ। गत सोमबार, मंगलबार र बुधबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको थियो।
बुधबार हालसम्मकै उच्च बिन्दुमा पुगेको सुनको भाउ बिहीबार भने स्थिर रहेको थियो। उक्त दिन सुन प्रतितोला एक लाख १९ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो।
शुक्रबार सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला तीन सय रूपैयाँ घटेको छ।
बिहीबार छापावाल सुन प्रतितोला एक लाख १९ हजार तीन सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार सात सय ५० रूपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, शुक्रबार चाँदीको मूल्य भने बढेको छ।
बिहीबार प्रतितोला १५ सय २० रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार प्रतितोला १५ सय ४० रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रूपैयाँ बढेको हो।