Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
कम बोल्छु, धेरै काम गर्छु : देउवा – Lekhanpeeth

कम बोल्छु, धेरै काम गर्छु : देउवा

268
0
Share:

काठमान्डौ/नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू पार्टीलाई बलियो बनाउन लागिपरेको बताएका छन् ।

 

शनिवारदेखि बुटवलमा शुरू भएको कांग्रेस लुम्बिनी प्रदेशको प्रथम सम्मेलनको उद्घाटन गर्दै सभापति देउवाले विश्वभर शान्तिको सन्देश फैलाउने बुद्धभूमि रूपन्देहीको सम्मेलनबाट नेपाली कांग्रेस पार्टी बलियो हुने विश्वास व्यक्त गरे ।

 

नेताहरूले पार्टीभित्रको गुटबन्दी अन्त्य हुनुपर्ने, प्रदेशलाई अधिकार सम्पन्न बनाउनुपर्ने लगायतका धारणाप्रति इंगित गर्दै देउवाले आफू भाषण गर्न नजान्ने बताउँदै काम गरेर देखाउने बताए ।‘कम बोल्ने काम बढी गर्नेछु, हेरौं के हुन्छ’ उनले भने ।

 

देउवाले गौतमबुद्ध जन्मेको भूमिबाट कांग्रेस बलियो बनाउने विश्वास लिएको बताउँदै आफू मिलेर काम गर्न तयार रहेको स्पष्ट पारे । ‘चन्द्र भण्डारीको भाषण सुनियो । उहाँसँगै काम गर्नेछौं’, देउवाले भने ।

 

संक्षिप्त बोलेका देउवाले केन्द्रीय नेता र प्रदेश अध्यक्षहरूले उठाएको सवालको जवाफ पनि दिएनन् । पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, नेता शेखर कोइरालालाई समय नदिएर सभापति देउवाले कम्तीमा पनि आधा घण्टा बोल्ने अपेक्षासहित चाँडै समय दिए पनि उनले ५ मिनेटमै भाषण सकाए ।

 

देउवाले एयरपोर्ट पुग्नुपर्ने भएको भन्दै प्रदेश सम्मेलनको सफलताको शुभकामना व्यक्त गर्दै भाषण बिट मारेका थिए । यसअघि कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले देशमा राजनीतिको भ्याक्सिन दिने डाक्टर आवश्यक रहेको बताए ।

Share: