Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
अदालतको पक्राउ पूर्जीविरुद्ध विप्लवको आन्दोलन घोषणा – Lekhanpeeth

अदालतको पक्राउ पूर्जीविरुद्ध विप्लवको आन्दोलन घोषणा

310
0
Share:

काठमान्डौ/जिल्ला अदालत काठमाडौँले ३५ दिने पक्राउ पुर्जी जारी गरेपछि नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सङ्घर्षका कार्यक्रम घोषणा गरेका छन्। काठमाडौँ जिल्ला अदालतले २०७६ साल पुसको मुद्दा ब्युँताएर सोमबार पक्राउ पुर्जी जारी गरिएको विप्लवको ठहर छ।

 

‘नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी, प्रवक्ता, प्रकाण्ड सी पीवीएम माइला सी लगायतका नाममा पक्राउ पुर्जी जारी गरेको छ। अदालतको उक्त कार्य २०७७ साल फागुन २१ गते सम्पन्न ३ बुँदे सहमतिको ठाडो उल्लङ्घन मात्र हैन देशका समस्यालाई शान्तिपूर्ण तरिकाले निकास दिन भइरहेका गम्भीर पहलमाथिको विध्वंसात्मक हमला पनि हो। राज्यको जिम्मेवार निकाय अदालतमा बसको न्यायाधीशले प्रदर्शन गरेको यस्तो गैर कानुनी, असभ्य एवं अराजक कार्यको पार्टी घोर भर्त्सना गर्दछ। साथै यस्ता वितण्डावादी कार्य रोक्न माग गर्दछ,’ विप्लवले सङ्घर्षको कार्यक्रम घोषणा गर्दै भनेका छन्।

 

प्रतिबन्ध हटाउँदा राज्यसँग गरिएको ३ बुँदे सहमतिमध्ये एउटा पार्टी नेताका कार्यकर्तामाथि लगाइएका मुद्दा फिर्ता लिने र बन्दीलाई मुक्त गर्ने रहेको पनि उनले बताएका छन्। ‘राज्यका सहमतिलाई कानूनको अङ्ग बनाएर समस्याहरूलाई समाधान गर्न मद्दत गर्नु पर्ने मुख्य अङ्ग अदालतले नै गैर कानूनी कदम चाल्नु भनेको देशमा शान्ति भाँड्न अदालत र न्यायाधीश नै सक्रिय बनेको त होइन भन्ने आशङ्का पैदा भएको छ,’ उनले भनेका छन्।

 

पक्राउ पुर्जीविरुद्ध नेकपाले मंगलबारदेखि तीन दिने सङ्घर्षका कार्यक्रमसमेत घोषणा गरेको छ।

 

Share: