थाइल्यान्ड पठाउँछु भन्दै म्यानमार पुर्‍याएर बन्धक बनाएको आरोपमा महिला पक्राउ

163
0
Share:

काठमान्डौ/थाइल्यान्डस्थित चिनियाँ कम्पनीमा काम लगाइदिने भन्दै म्यानमार पुर्‍याएर बन्धक बनाएको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । प्रहरीको मानव बेचविखन अनुसन्धान ब्युरोको टोलीले गोरखाको धार्चे गाउँपालिका–४ की कविता गुरुङलाई पक्राउ गरेको हो ।

 

ब्युरोका एसपी कृष्ण पंगेनीका अनुसार चिनियाँ कम्पनीमा कम्प्युटर टाइपिङको राम्रो रोजगारीको प्रलोभनमा दुईजनालाई गुरुङले म्यानमार पठाएको खुलेको हो । म्यानमार पुर्‍याएर उनीहरूलाई २० घण्टासम्म काम गराउने गरेको खुलेको छ । म्यानमार पुगेपछि उनीहरूलाई फेसबुक, ह्वाट्सएप, ट्वीटर जस्ता सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्तिहरूलाई ठगी गर्न लगाउने गरेको खुलेको छ ।

 

उनीहरू म्यानमार पुगेको ९ महिनापछि नेपाल फर्किएका हुन् । पीडितको उजुरीको आधारमा महिला पक्राउ परेकी हुन् ।

Share: