शेयर बजार २७.७५ अंकले बढ्यो, ५ अर्ब १५ करोडको कारोबार

172
0
Share:

काठमान्डौ/आज साताको पहिलो दिन शेयर बजार दोहोरो अंकले बढेको छ । आइतबार शेयर बजार २ हजारभन्दा माथिको विन्दुमा उक्लिएको हो । आज शेयर बजार नेप्से परिसूचक २७ दशलमव ७५ अंकले बढेर २,०२२ दशलमव ३५ को विन्दुमा कायम भएको छ ।

 

आज १८५ कम्पनीको शेयर मुल्य बढेको छ भने ५२ कम्पनीको शेयर मुल्य घटेको छ । आज बैंकिङ, म्युचुअल फण्ड र ट्रेडिङ बाहेक सबै उपसमुह बढेका छन् । आज दिनभरिमा २९५ कम्पनीको १ करोड ७१ लाख ६६ हजार ४६५ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब १५ करोड ७८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमाल दोलखा हाइड्रोपावरको कारोबार भएको छ । आज यस कम्पनीको २५ करोड १२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

 

त्यस्तै, सोनापुर मिनरल्सको १६ करोड ६५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिलायबल नेपाल लाइफको १६ करोड १५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको १४ करोडमाथि शेयर कारोबार भएको छ । आज २१ कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । आज ११ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् भने ५ कम्पनीका लगानीकर्ताले ९ दशलमव ८० प्रतिशत बढीले कमाएका छन् । त्यस्तै, पाँच कम्पनीका लगानीकर्ताले ९ दशलमव ६० प्रतिशतभन्दा बढीले कमाएका छन् ।

 

आज सबैभन्दा धेरै हिमालयन लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीक ालगानीकर्ताले ६ दशमलव ७७ प्रशिततका दरले गुमाएका हुन् ।

Share: