Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
नेप्से परिसूचक सामान्य अंकले बढ्यो – Lekhanpeeth

नेप्से परिसूचक सामान्य अंकले बढ्यो

169
0
Share:

काठमान्डौ/बुधबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ।

 

आज नेप्से २.२७ अंकले बढेर २०७८.७६ विन्दुमा बन्द भएको छ। यस दिन कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ। मंगलबार चार अर्ब पाँच करोड ५७ लाख ३७ हजार ८८४ रूपैयाँको सेयर कारोबार भएकोमा बुधबार तीन अर्ब ४० करोड ४३ लाख ७२ हजार ६३२ रूपैयाँको सेयर कारोबार भएको छ।

 

यस दिन ३०८ वटा धितोपत्रको ७२ लाख ९ हजार ७५७ कित्ता सेयर किनबेच भएको हो। बुधबार १३५ कम्पनीको सेयर मूल्य बढेको छ भने १०४ वटाको घटेको छ। यस्तै, ८ कम्पनीको मूल्य स्थिर रहेको छ। यसदिन नेपाल फाइनान्सको सेयर मूल्य सर्किट लेभलमा बढेको छ।

 

कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ७२४ रूपैयाँ २० पैसा कायम भएको छ। यस्तै, समाज लघुवित्तको सेयर मूल्य ९.८८ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य दुई हजार ६४७ रूपैयाँ कायम भएको छ।

 

मनकामना स्मार्ट लघुवित्तको मूल्य सर्वाधिक ९.८८ प्रतिशतले घटेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य एक हजार ४६० रूपैयाँ कायम भएको छ। यस्तै, कुमारी सबल योजनाको मूल्य ३.०६ प्रतिशतले घटेर प्रति इकाइ ७ रूपैयाँ ९१ पैसामा झरेको छ। बुधबार नेपाल फाइनान्सको सर्वाधिक कारोबार भएको छ।

 

कम्पनीको प्रतिकित्ता ७२४ रूपैयाँ २० पैसामा २० करोड २३ लाखको सेयर कारोबार भएको छ। सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा गोर्खाज फाइनान्स रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ७५० रूपैयाँमा ९ करोड ६६ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।

 

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये छ समूहको परिसूचक घटेको छ भने बाँकी सात समूहको परिसूचक बढेको हो। यसदिन वित्त समूहको परिसूचक सर्वाधिक २.६२ प्रतिशतले बढेको भने व्यापार समूहको परिसूचक सर्वाधिक १.३२ प्रतिशतले घटेको छ।

Share: