नयाँ भवनमा मन्त्रिपरिषद्को बैठक जारी

Share:

काठमान्डौ/मन्त्रिपरिषद्को बैठक जारी छ । सिंहदरवारमा भूकम्पले क्षतिग्रस्त भएपछि रेट्रो फिटिङ गरी पुनर्निर्माण गरिएको नयाँ भवनमा प्रधानमन्त्री कार्यालय सरेपछि मन्त्रिपरिषद्को बैठक पनि सोही भवनको बसेको हो ।

 

अबदेखि नयाँ हलमा नै बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भूकम्पले क्षति पुर्‍याएको सिंहदरवारको मूल भवनलाई सहरी विकास मन्त्रालयले रेट्रो फिटिङ गरी पुनर्निर्माण गरेको हो ।

 

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो कार्यकक्ष सारिसकेका छन् । अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय नै सोही भवनबाट सञ्चालित छ ।

Share: