चिनिया राष्ट्रपति सी र रूसी प्रधानमन्त्रीबीच भेटवार्ता

96
0
Share:

काठमान्डौ/चिनियाँ राष्ट्रपति सी जिङपिङले बुधबार बेइजिङमा रूसी प्रधानमन्त्री मिखाइल मिशुस्टिनसँग भेटवार्ता गर्नुभएको छ ।

 

चालु बर्षमा रूसी राष्ट्रपति पुटिनसँग दुई पटक भेटवार्ता गरेको उल्लेख गर्दै राष्ट्रपति सीले दुई देशका सरकार तथा संसद् राजनीतिक दल र स्थानीय तहवीच विभिन्न व्यापारिक सहयोग भएको बताउनुभएको छ ।

 

यस बर्षमा चीन तथा रूसबीचको द्धिपक्षीय व्यापार मात्रा दुई सय अर्ब अमेरिकी डलरको लक्ष्य हासिल गरी दुई देशीय सम्बन्ध लाभकारी, लचिलो तथा व्यापक भएको राष्ट्रपति सीको भनाइ छ । यसै सन्दर्भमा उहाँले चीन र रूस सम्बन्धलाई कायम राख्दै विकास गर्नु दुबै देशका जनताको हितमा छनोट भएको बताउनुभएको छ ।

 

चीनले रूसी जनताको रोजाइको विकासको बाटोमा हिड्न सहयोग गरेको बताउदै राष्ट्रपति सीले आगामी बर्ष चीन रूसको कुटनैतिक सम्बन्ध स्थापना भएको ७५ औँ बार्षिकोत्सवलाई नयाँ बिन्दुमा पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।

Share: