सुनको मूल्य बढ्दा चाँदीको घट्यो, कतिमा हुँदैछ कारोबार ?

Share:

काठमान्डौ/साताको पहिलो दिन आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा १०० रुपैयाँले बढेको हो ।

 

आइतबार छापावाल सुन तोलामा एक लाख १९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार उक्त सुन तोलामा एक लाख १९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजाबी सुन तोलामा एक लाख १९ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

चाँदीको मूल्य भने तोलामा १० रुपैयाँ घटेको छ । चाँदी तोलामा एक हजार ४७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

Share: