फेब्रुअरी ९ बाट जापान र कोरियामा दयाहाङको ‘हात्तीछाप’

138
0
Share:

काठमान्डौ/नेपाली फिल्मका लागि विदेशी बजार लगानी उठाउने बलियो माध्यम बनिरहेको छ । दर्शकले प्रतीक्षा गरेका फिल्महरूले विदेशी बजारबाट राम्रो रकम भित्र्याउन सफल भएका छन् ।यस्तैमा माघको २६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘हात्तीछाप’ दर्शकको प्रतीक्षित सूचिमा छ । ‘दिमाग खराब’ रिलिज भएपछि सुनसान बनेको नेपाली फिल्मको बजार अब यो फिल्मले उकास्ने अपेक्षा धेरैको छ ।

 

यसैबिच यो फिल्म फेब्रुअरी ९ तारिखबाट जापान र दक्षिण कोरियामा रिलिज हुने भएको छ । फिल्मको रिलिज सहित जापान र कोरिया वितरणको जिम्मा टिम यूएनएले लिएको हो । यूएनए इन्टरटेन्मेन्टले फिल्मको प्रचार जापान र कोरियामा धमाधम गरिरहेको छ । ‘फिल्मको टिजर सार्वजनिक भएपछि जापान र कोरियाका दर्शकले हात्तीछापलाई प्रतीक्षा गरिरहनुभएको छ । यसले हामीलाई अझै उत्साहित बनाएको छ’ टिम यूएनएका प्रबन्ध निर्देशक उज्वल गुरागाँइले भने ।

 

किरण नेपालीको प्रस्तुतिमा सिमोस सुनुवारको निर्देशन रहेको फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, बेनिशा हमाल, विजय बराल, बुद्धि तामाङ, कमलमणि नेपाल, सुष्मा निरौला, विल्सन विक्रम राई लगायतका कलाकारको अभिनय छ ।

Share: