विनोद चौधरी भन्छन् : मैले एक वर्षमा कमाउने तपाईँले एउटै फिल्मबाट कमाउनुहुन्छ होला !

285
0
Share:

काठमान्डौ/आगामी बैशाख १ गतेदेखि प्रदर्शनको तयारीमा रहेको नेपाली चलचित्र ‘डिग्री माइला’ को केही दिन अगाडि टिजर सार्वजनिक भएको थियो । सो टिजरमा अभिनेता दयाहाङ राईको एउटा संवादमा सिजी ग्रुपले ४ लाखको अफर गर्दा पनि आफूले काम नगरेको भन्ने संवाद छ । उक्त संवाद प्रति सिजी ग्रुपका अध्यक्ष विनोद चौधरीले प्रतिक्रिया जनाएका छन् ।

 

चौधरीले शुक्रवार (आज) फेसबुकमा टिजरको क्लिप सेयर गर्दै यस विषयमा प्रतिक्रिया जनाएका हुन् । उनले आज सामाजिक सञ्जालमा उक्त चलचित्रको भिडियो क्लिप सेयर गर्दै लेखेका छन्, ‘मैले एक वर्षमा कमाउने त तपाईंले यही एउटै फिल्मबाट कमाउनुहुन्छ होला जस्तै छ त दयाहाङ जी । हैट !’

 

यस्तो छ दयाहाङ राई र माओत्से गुरुङबीचको संवाद

 

राईः त्यो सिजी ग्रुप सुन्या छौ‘ चाउचाउ बनाउँछ नी त्यसले मलाई मासिक ४ लाखको अफर गरेको थ्यो ।

 

गुरुङः तैले किन खाइनस् त ?

 

राईः अब चौधरी आफैं धनी छ,धनी माथि धनी के बनाउनु

 

बाँसुरी फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्मले थर्ड डिभिजनमा मास्टर डिग्री पास गरेका एक शैक्षिक बेरोजगारको कथा भन्छ । यही नाममाथि अभिनेता दयाको निर्देशनमा केही वर्षअगाडि नाटकसमेत प्रदर्शन भइसकेको छ। सोही नाटकलाई फिल्मका रूपमा पर्दामा प्रस्तुत गर्न लागेको हो ।

 

फिल्ममा दयासँगै आँचल शर्मा, विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरेलगायत कलाकारको अभिनय रहनेछ।

 

 

Share: