Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
ओस्कार विजेता सिनेमाका अभिनेता ली सन–क्युन मृत फेला – Lekhanpeeth

ओस्कार विजेता सिनेमाका अभिनेता ली सन–क्युन मृत फेला

226
0
Share:

काठमान्डौ/ओस्कार अवार्ड विजेता दक्षिण एसियाली चलचित्र ‘प्यारासाइट’का अभिनेता ली सुन–क्युन मृत फेला परेका छन् । सियोलको मध्य भागमा रहेको एउटा पार्कमा ४८ वर्षीय अभिनेता बुधबार अचेत अवस्थामा फेला परेको बताइएको छ ।

 

ली आफैँले आफ्नो ज्यान लिएको हो वा होइन भन्ने स्पष्ट छैन । तर, उनले घरमा एउटा नोट लेखर गएको रिपोर्ट प्रहरीले पाएको त्यहाँको समाचार एजेन्सी योनहापले जनाएको बीबीसीले उल्लेख गरेको छ । गत अक्टोबरयता उनीमाथि लागुऔषध सेवन गरेको आरोपमा अनुसन्धान भइरहेको बताइएको छ ।

 

सन् २०१० देखि देशव्यापी चर्चामा आएका लीले दर्जनौं चलचित्र र टिभी कार्यक्रममा मुख्य भूमिका निर्वाह गरेका छन् । उनी अभिनित प्यारासाइट चलचित्रले सन् २०२० मा ओस्कारमा चारवटा अवार्ड जितेको थियो ।

Share: