Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
ज्येष्ठ नागरिक जीवित पाठशाला हुन् : पूर्व राष्ट्रपति भण्डारी – Lekhanpeeth

ज्येष्ठ नागरिक जीवित पाठशाला हुन् : पूर्व राष्ट्रपति भण्डारी

235
0
Share:

काठमान्डौ/पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले जीवनभरको सङ्घर्ष र भोगाइबाट आर्जित ज्ञान, सीप र अनुभवले भरिपूर्ण ज्येष्ठ नागरिक जीवित पाठशाला रहेको बताएकी छन् ।

 

राष्ट्रिय ज्येष्ठ नागरिक दिवस, २०८० को शुभकामना सन्देश दिँदै उनले ज्येष्ठ नागरिकसँग रहेको अन्तर्निहित ज्ञान, सीप र अनुभवबाट नयाँ पुस्ताले जीवनोपयोगी शिक्षा ग्रहण गरी समाजको अग्रगति तथा मुलुकको विकासमा सदुपयोग गर्न सकिने बताएकी छन् ।

 

सन्देशमा उनले बितेका केही दशकयता जीविकोपार्जनमा आएको परिवर्तन, फेरिएको जीवन पद्धति, आप्रवासन आदिका कारण हाम्रो पारिवारिक संरचनामा समेत अभूतपूर्व परिवर्तन देखिन थालेका बताएकी छन्। ठूलो आकारको संयुक्त परिवारको सट्टा सानो एकल परिवारमा बस्ने प्रचलन बढ्दै गएको सन्देशमा उनले उल्लेख गरेकी छन् ।

 

सन्देशमा उनले भनेकी छन्, “यस्तो परिवेशमा आर्थिक, सामाजिक र मानसिक रूपमा ज्येष्ठ नागरिक रमाउने वातावरणमा ह्रास आउँदै गएको महसुस हुँदैछ, पूर्वीय संस्कृतिमा आधारित हाम्रो परिवार प्रणाली, मूल्य मान्यता, संस्कार र संस्कृतिलाई बचाउँदै जीवनको उत्तरार्द्धमा पुगेका ज्येष्ठ नागरिकको जीवनलाई सहज, सुरक्षित र सम्मानित जीवनलाई सुनिश्चित गर्ने परिवार, समाज र राज्यको सामूहिक प्रयास आवश्यक रहेको छ ।”

 

विसं २०५१ पुस ११ गते ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्न सुरु गरिएको ऐतिहासिक दिनलाई स्मरण गर्दै नेपाल सरकारको निर्णयबमोजिम पुस ११ गतेलाई ‘राष्ट्रिय ज्येष्ठ नागरिक दिवस’ का रूपमा मनाउन सुरु गरिएको यो तेस्रो वर्ष हो ।

Share: