क्रिकेटर सन्दीपविरुद्धको मुद्दा आज पनि ‘हेर्दाहेर्दै’मा

153
0
Share:

काठमान्डौ/क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दा बिहीबार पनि ‘हेर्दाहेर्दै’मा राखिएको छ । गएको आइतबारदेखि काठमाडौं जिल्ला अदालतमा न्यायाधीश शिशिरराज ढकालको इजालसमा सो मुद्दाको सुनुवाइ जारी छ ।

 

आइतबार र बुधबार जाहेरवाला र सरकारी वकिलले बहस गरेका थिए । वकिलमध्ये बुधबार मुरारी सापकोटाले बहस थालेका थिए । उनले २० मिनेट बहस गरेपछि सुनुवाइ स्थगित गरिएको थियो ।बिहीबार सापकोटा र ‘लिड लयर’ सरोजकृष्ण घिमिरेसहितका ६ अधिवक्ताले बहस गरे । नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष एवं वरिष्ठ अधिवक्ता शम्भु थापा र नेपाल बारकै पूर्वमहासचिव समेत रहेका वरिष्ठ अधिवक्ता रमन श्रेष्ठले पनि सन्दीपका तर्फबाट बहस गरेका छन् । सन्दीपका तर्फबाट नौ वकिलले बहसका निम्ति नाम लेखाएकामा बिहीबार ६ जनाको बहस सकिएको छ ।

 

सरकारी वकिलबाट दुई र जाहेरवालाबाट आठजनाले बहस गरिसकेका छन् । सन्दीप पक्षको बहसपछि जाहेरवाला र सरकारी वकिलका तर्फबाट जवाफी बहस हुनेछ । जवाफी बहस सकिएपछि न्यायाधीशले फैसला सुनाउनेछन् ।

 

पीडित भनिएकी गौशाला २६ ९छ०को उजुरीमा अनुसन्धान गरी प्रहरीले प्रतिवेदन बुझाएपछि सन्दीपविरुद्ध ०७९ कात्तिक १४ गते जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो । त्यस बेला पुर्पक्षका निम्ति थुनामा पठाउने आदेश भएको थियो । त्यसपछि सन्दीप देशबाहिर जान नपाउने तर स्वदेशमा हुने प्रतियोगितामा भाग लिन पाउने उच्च अदालतको आदेशबाट थुनामुक्त भएका थिए ।

 

Share: