Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
युक्रेनी संसद्को प्राथमिकता ईयू र नाटोसँगको सहकार्य – Lekhanpeeth

युक्रेनी संसद्को प्राथमिकता ईयू र नाटोसँगको सहकार्य

284
0
Share:

काठमान्डौ/युरोपेली सङ्घ र उत्तर एट्लान्टिक सन्धि सङ्गठन नाटोसँगको युक्रेनकोसम्बन्ध आगामी बर्ष युक्रेनी संसद्को प्राथमिकतामा हुने इन्टरफ्याक्स–युक्रेनी समाचार एजेन्सीले रिपोर्ट गरेको छ ।

 

युरोपेली संसद्का सभामुख रुस्लान स्टेफानचुकलाई उद्धृत गर्दै युक्रेनी संस्थाले यस्तो खुलासा गरेको हो ।आगामी मार्चसम्म युक्रेनी संसद्ले कानूनलाई युरोपेली सङ्घका कानूनसँग मिलान गर्न विधायी ढाँचामा काम गर्ने योजना बनाएको स्टेफानचुकले बताए ।उहाँका अनुसार विधायिकाको ढाँचामा ३५ खण्ड समावेश छन् । जुन युरोपेली सङ्घ एकीकरण तथा संसद्को लागि मार्गदर्शक बन्ने आशा ब्यक्त गरिएको छ ।

 

“संसद्ले युक्रेनी सेनालाई नाटो मापदण्डको नजिक ल्याउने उद्देश्यले कानूनको अवलम्बनमा ध्यान दिनेछ,” स्टेफानचुकले भने ।सन् २०२४ का लागि परिचालन प्रक्रिया तथा रुस–युक्रेन द्वन्द्वमा सहभागी सैन्य कर्मचारीसँग सम्बन्धित कानूनहरूमा काम गर्नु संसद्को प्राथमिकतामा रहेको छ ।

 

प्रधानमन्त्री डेनिस श्माइयालका अनुसार डिसेम्बर १४ मा युरेपेली सङ्घका नेताहरू युक्रेनसँग सदस्यता वार्ता गर्न सहमत भएका छन् । पूर्वी युरोपेली देशले सदस्यताको बाटोमा दुई हजार सात सय ३९ कानुनी कार्यहरू कार्यान्वयन गर्न आवश्यक छ ।

Share: