बालकुमारी घटना : मृतकका परिवारलाई सरकारले १०/१० लाख राहत दिने

223
0
Share:

काठमान्डौ/सरकारले बालकुमारी घटनामा मारिएका २ युवकको परिवारलाई जनही १०-१० लाख राहत दिने निर्णय गरेको छ ।

 

आज (शनिबार) बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले मृतकका परिवारलाई राहतस्वरुप १० लाख दिने निर्णय गरेको सञ्चारमन्त्री तथा सरकारकी प्रवक्ता रेखा शर्माले बताइन् । उनले भनिन्, ‘मृतकका परिवारलाई प्रति परिवार १० लाख उपलब्ध गराउने र उक्त घटनामा घाइतेहरूको उपचारमा लागेको खर्च सरकारले बेहोर्ने निर्णय गरेको छ ।’

 

शुक्रबार बिहान ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा २ जना युवकको मृत्यु भएको थियो । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढ्ने सरकारी गाडी जलेको थियो ।

Share: