राष्ट्रिय क्रिकेट टिमबाट ‘स्वतः अलग’ भए सन्दीप लामिछाने

272
0
Share:

काठमान्डौ/जिल्ला अदालत काठमाडौँले बलात्कारमा दोषी ठहर्‍याएका सन्दीप लामिछाने राष्ट्रिय टिमबाट स्वतः अलग भएका छन् । नेपाल क्रिकेट संघले औपचारिक निर्णय नगरे पनि अदालतको फैसलापछि उनले राष्ट्रको प्रतिनिधित्व गर्न पाउने छैनन् ।

 

अदालतले शुक्रबार सन्दीपमाथिको मुद्दामा फैसला सुनाउँदै उनलाई दोषी ठहर्‍याएको थियो । उनको सजाय निर्धारण भने भइसकेको छैन । पुस २५ गते काठमाडौँ जिल्ला अदालतले सजाय तोक्ने छ ।यद्यपि सन्दीपले जिल्लाको फैसलाविरुद्ध थुनाबाहिर रहेरै पुनरावेदन गर्न सक्नेछन् ।

 

जेल नपरे पनि सन्दीपले नैतिक र कानूनी रूपमा राष्ट्रिय टिमबाट खेल्न नमिल्ने नेपाल क्रिकेट संघ स्रोतले बताएको छ । यद्यपि गम्भीर अभियोग प्रमाणित भएका खेलाडीले राष्ट्रिय टिमबाट खेल्न पाउने वा नपाउनेबारे स्पष्ट कानूनी व्यवस्थाको भने अभाव छ ।

Share: