Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
कुलुङ जातिले विभिन्न कार्यक्रमसहित मनाए नयाँ वर्ष – Lekhanpeeth

कुलुङ जातिले विभिन्न कार्यक्रमसहित मनाए नयाँ वर्ष

Share:

काठमान्डौ/किराती वंशका कुलुङ जातिले आज विभिन्न कार्यक्रमका साथ नयाँ वर्ष ५०८४ मनाएका छन् । नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान सङ्घ उपत्यका समिति, काठमाडौँले आज गोकर्णेश्वर–३ सुन्ताथानस्थित किरात कुलुङ सामुदायिक तथा सांस्कृतिक भवनमा परम्परागत नाचगान, सांस्कृतिक प्रदर्शनी, कविता वाचनलगायतका कार्यक्रम आयोजना गरी नयाँ वर्ष मनाएका हुन् ।

 

सङ्घीय संसद्अन्तर्गत अर्थ समितिका सभापति सन्तोष चालिसेले सो कार्यक्रमको शुभारम्भ गर्दै मुलुकका हरेक जातजातिको धर्म, संस्कृति, मूल्य–मान्यताको संरक्षण एवं सम्वद्र्धन गर्ने जिम्मेवारी राज्यको भएकाले सोहीअनुसार सक्दो सहयोग भइरहेके बताए ।

 

उहाँले भने, “हामी सबैको भाषा, धर्म, संस्कृति र मूल्य–मान्यतालाई मुलुकको संविधानले सुनिश्चित गरेको छ, यसको जगर्ने गर्ने जिम्मेवारी हाम्रै हो, सांस्कृतिक विविधता र स्रोतसाधनका दृष्टिले सम्पन्न मुलुक नेपालमै बसी समृद्ध एवं समुन्नत राष्ट्रका पक्षमा सकारात्मक सोचसहित एकताबद्ध भई अघि बढौँ ।”

 

गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख सान्नानी लामाले निर्माणाधीन कुलुङ सामुदायिक तथा सांस्कृतिक भवनका लागि सङ्घीय सरकारबाट रु २५ लाख प्राप्त भई ठेक्का प्रक्रियामा गएको जानकारी दिँदै भाषा, धर्म, संस्कृति संरक्षणका पक्षमा सक्दो सहयोग गर्न नगरपालिका सदैव तयार छ भने ।

 

नेपाल किरात कुलुङ भाषा संस्कृति उपत्यका सङ्घका अध्यक्ष घनश्याम कुलु्ङको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा सङ्घका केन्द्रीय अध्यक्ष चन्द्रसिं कुलुङ, कुलुङ सम्बद्ध विभिन्न सङ्घ÷संस्थाका प्रतिनिधिले प्रकृतिलाई पूजा गर्ने कुलुङ जातिले हरेक वर्ष पुस १५ गतेका दिन विभिन्न कार्यक्रमका साथ नयाँ वर्ष मनाउने गरेको जानकारी दिए ।

 

सो अवसरमा कुलुङ जातिको उत्थान, वृद्धि विकासमा आर्थिक, भौतिक तथा प्राज्ञिक रूपले सहयोग गर्ने विभिन्न व्यक्ति तथा सङ्घ÷संस्थालाई कदरपत्रसहित सम्मान गरिएको थियो । यसैगरी सांस्कृतिक भवन निर्माणमा रु एक लाख दुई हजार नगद सहयोग गर्ने माया कुलुङलाई विशेष सम्मान गरिएको थियो ।

Share: