Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
फोटोनका हाइ रुफ इभी भ्यान नेपाली बजारमा, कति पर्छ मूल्य ? – Lekhanpeeth

फोटोनका हाइ रुफ इभी भ्यान नेपाली बजारमा, कति पर्छ मूल्य ?

Share:

काठमान्डौ/फोटोनको आधिकारिक बिक्रेता एमएडब्लु ग्रुपले फोटोनको हाइ रुफ इभी भ्यान नेपाली बजारमा ल्याएको छ। कम्पनीले उक्त भ्यान सोमबार बजारमा सार्वजनिक गरेको हो।

 

कम्पनीले यसको मूल्य ५७ लाख रुपैयाँ राखेको छ। जसमा १५ सिटरको मूल्यमा फोटोन नेपालले ८० प्रतिशतसम्म फाइनान्सिङको सुविधा पनि दिइने कम्पनीले जनाएको छ। यी इभी भ्यानहरू युरोपियन युनियन डब्लूभीटीए प्रमाणित सवारी साधनहरू हुन्, जसको परीक्षण र निरीक्षण प्रख्यात जर्मन संस्था टीयूभी रेनल्याण्डद्वारा गरिएको छ।

 

फोटोनले गाडीको स्थायित्वका लागि तीन लाख किलोमिटर वा ५ वर्षको वारेन्टी प्रदान गरेको छ। हाई रुफ इभी भ्यानमा ८५ किलोवाटको पावरसहित फराकिलो भित्री भाग र आरामदायी सवारीका लागि फुल एसी सुविधा छ। कम्पनीका अनुसार यो गाडीमा ५०.२३ किलोवाट आवरको क्याटल ब्याट्री छ, जुन विश्वकै सबैभन्दा ठूलो ब्याट्री निर्माताको उत्पादन हो।

 

फोटोन नेपालका सेल्स हेड नवीन आचार्यले फोटोन हाई रुफ इभी भ्यान यस सेग्मेन्ट अन्तर्गत यसको उन्नत प्रविधिको लागि मात्र नभइ यसको विशाल इन्टेरियरका कारण चालक र यात्रुहरू दुवैका लागि अतुलनीय आरामको सुनिश्चितताका लागि पनि विशिष्ट रहेको बताए। यसको कम मर्मत खर्चले सवारीधनीलाई थप बचत गर्न पनि सघाउने पनि उनको दाबी छ। भ्यानलाई नेपालको मौलिक सडक अवस्थाका लागि सावधानीपूर्वक डिजाइन गरिएको उनले बताए।

 

एमएडब्लूका कार्यकारी निर्देशक विष्णुकुमार अग्रवालले फोटोन निर्माता मात्र नभइ यो लगातार नयाँ प्रविधिहरुसँग अद्यावधिक रहने इनोभेसनको आर्किटेक्ट भएको बताए। विश्वकै अग्रणीहरूसँगको सहकार्य र विश्व आर्थिक मञ्चको लाइट हाउस अवार्ड २०२० मान्यताले समेत फोटोनको प्रतिबद्धतालाई पुनस् पुष्टि गरेको उनले बताए। ग्राउन्डब्रेकिङ भेहिकल इनोभेसनका अतिरिक्त फोटोनले नेपालभरका इभी चार्जिङ स्टेसनहरूमा सक्रिय रूपमा लगानी गरिरहेको उनको भनाइ छ।

 

नेपालको समृद्ध जलस्रोतलाई मान्यता दिँदै आयातित पेट्रोल र डिजेलमाथिको कम निर्भरताले मुलुकको समग्र आर्थिक समृद्धिमा महत्त्वपूर्ण योगदान पुर्‍याउने अग्रवाल बताउँछन्। अत्याधुनिक प्रविधि र वातावरणीय उत्तरदायित्वप्रति दृढ प्रतिबद्धताद्वारा संचालित फोटोनले नेपालको दिगो भविष्यको परिकल्पना गरेको उनले बताए।

Share: