Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
मुख्यमन्त्री पुरुष भलिबल प्रतियोगिता माघमा – Lekhanpeeth

मुख्यमन्त्री पुरुष भलिबल प्रतियोगिता माघमा

Share:

काठमान्डौ/कञ्चनपुरको महेन्द्रनगरमा आगामी माघ १४ गतेदेखि तेस्रो मुख्यमन्त्री कप पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता हुने भएको छ । उक्त प्रतियोगिता सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजनामा हुन लागेको हो । महेन्द्रनगरमा आज आयोजित पत्रकार सम्मेलनमा सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य सचिव दीपकबहादुर सिंहले भलिबलको विकास र विस्तार गर्ने उद्देश्यले मुख्यमन्त्री कप हुन लागेको जानकारी दिए । प्रतियोगिताको विजेता टोलीले रु चार लाख पुरस्कार प्राप्त गर्ने उनले बताए।

 

सदस्य सचिव सिंहका अनुसार प्रतियोगितामा दोस्रो हुने टोलीले रु दुई लाख तथा तेस्रो हुने टोलीले रु एक लाख पुरस्कार प्राप्त गर्ने छ । उक्त प्रतियोगितामा सात प्रदेशका साथै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली सहभागी हुने छन् । ‘प्रतियोगितामा सहभागी टोलीको यातायात, आवास, खानपिनलगायत व्यवस्था परिषद्ले गर्नेछ’, प्रदेश सदस्य सचिव सिंहले भने, ‘प्रतियोगिताको समन्वय तथा व्यवस्थापन कञ्चनपुर जिल्ला भलिबल सङ्घले गर्नेछ ।’

 

प्रतियोगिगतामा कूल एक सय ७२ खेलाडी सहभागी हुने आयोजकले जनाएको छ । पत्रकार सम्मेलनमा नेपाल भलिबल सङ्घका केन्द्रीय अध्यक्ष जितेन्द्रबहादुर चन्द, राष्ट्रिय भलिबल टोलीका पूर्वकप्तान भरत शाह, कञ्चनपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कुबेर खड्का, जिल्ला भलिबल सङ्घका अध्यक्ष श्यामसिंह मौनी, जिल्ला भलिबल सङ्घका पूर्व अध्यक्ष मोहन थापालगायत उपस्थित थिए ।

Share: