Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
सुनको मूल्य एकैदिन १३ सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ किनबेच ? – Lekhanpeeth

सुनको मूल्य एकैदिन १३ सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ किनबेच ?

Share:

काठमान्डौ/बिहीबार सुनको भाउमा गिरावट आएको छ । बुधबार २०० रुपैयाँले घटेको सुनको भाउ बिहीबार १३०० रुपैयाँ घटेको हो । बिहीबार प्रतितोला छापावाला सुनको भाउ १ लाख १९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार प्रतितोला छापावाला सुनको भाउ १ लाख २० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

 

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला तेजावी सुन १ लाख १८ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार प्रतितोला तेजावी सुन १ लाख २० हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

 

बुधबार प्रतितोला चाँदी १ हजार ४५० रुपैयाँ तोकिएको छ । मंगलबार प्रतितोला चाँदी १ हजार ४२० रुपैयाँ तोकिएको थियो । अन्तराष्ट्रिय बजारमा बुधबार प्रतिऔंस सुन २ हजार ४४ दशमलव १५ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २२ दशमलव ९८ डलरमा कारोबार भइरहेको छ ।

Share: