Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
सोमबार कति छ सुनको मूल्य ? – Lekhanpeeth

सोमबार कति छ सुनको मूल्य ?

Share:

काठमान्डौ/कारोबारको दोस्रो दिन आज सोमबार छापावाला सुनको भाउ ४०० रुपैयाँले बढेको छ । आइतबार ६०० रुपैयाँले बढेको छापावाला सुनको मूल्य आज ४०० रुपैयाँले बढेर आज प्रतितोला १ लाख १९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

आइतबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १९ हजार २०० रुपैयाँ तोकिएको थियो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला तेजावी सुन १ लाख १९ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

तेजावी सुन आइतबार प्रतितोला १ लाख १८ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो । सोमबार प्रतितोला चाँदी १ हजार ४२० रुपैयाँ तोकिएको छ । चाँदी आइतबार पनि सोही भाउमा कारोबार भएको थियो ।

Share: