Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
अमेरिकामा गोली चल्दा एक बालकको मृत्यु, ५ घाइते – Lekhanpeeth

अमेरिकामा गोली चल्दा एक बालकको मृत्यु, ५ घाइते

261
0
Share:

काठमान्डौ/अमेरिकाको आयोवाको एक विद्यालयमा १७ वर्षीय बालकले गोली चलाउँदा एक बालकको मृत्यु भएको छ । घटनामा अन्य पाँच जना घाइते भएका छन् । प्रहरीका अनुसार, आक्रमणका अभियुक्त पनि मृत फेला परेका छन् । उनले आफैँलाई गोली हानेर आत्महत्या गरेको हुन सक्ने अधिकारीहरूले आशङ्का गरेका छन् ।

 

पब्लिक सेफ्टी डिभिजन अफिसर मिच मोर्टवेटले बिहीबार भएको गोलीकाण्डमा पेरी स्कूलका प्रिन्सिपललाई पनि गोली लागेको बताएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ भने अन्य चार जनाको अवस्था स्थिर रहेको छ ।

 

अमेरिका नागरिकहरूको हतियार राख्ने सन्दर्भमा विश्वको अग्रणी स्थानमा रहेको देश हो । स्विट्जरल्याण्डको स्मॉल आर्म्स सर्भे वा एसएएसको प्रतिवेदन अनुसार विश्वमा रहेको कुल ८५ करोड ७० लाख नागरिकसँग बन्दुक रहेकोमा अमेरिकाका ३९ करोड ३० लाख नागरिकसँग बन्दुक छ ।

 

अमेरिकाले विश्वको जनसङ्ख्याको ५ प्रतिशत ओगटेको छ, तर अमेरिकामा मात्रै विश्वको कुल नागरिक बन्दुकको ४६ प्रतिशत छ । अक्टोबर २०२० ग्यालप सर्वेक्षण अनुसार, ४४ प्रतिशत अमेरिकी वयस्कहरू बन्दुक भएको घरमा बस्छन् ।

 

यी मध्ये एक तिहाइ वयस्कहरूसँग बन्दुकहरू छन् । २०१९ को रिपोर्ट अनुसार अमेरिकामा ६३ हजार लाइसेन्स गन डिलरहरू छन् । उनीहरूले त्यतिबेला अमेरिकी नागरिकहरूलाई ८३ हजार करोड मूल्यको बन्दुकको व्यापार गरेका थिए ।

 

२३१ वर्ष बितिसक्दा पनि अमेरिकाले आफ्नो बन्दुक संस्कृति अन्त्य गर्न सकेको छैन । यसका दुई वटा कारण छन्। पहिलो– राष्ट्रपतिदेखि राज्यका गभर्नरसम्म धेरै अमेरिकीहरूले यो संस्कृति कायम राख्ने वकालत गर्दै आएका छन्।

 

दोस्रो, बन्दुक उत्पादन गर्ने कम्पनीहरू अर्थात् बन्दुक लबी पनि यस संस्कृतिको अस्तित्वको मुख्य कारण हुन् । १७९१ मा संविधानको दोस्रो संशोधन अन्तर्गत, अमेरिकी नागरिकहरूलाई हतियार राख्न र खरिद गर्ने अधिकार दिइएको थियो । यो संस्कृति अमेरिकाबाट सुरु भएको थियो जब त्यहाँ ब्रिटिस शासन थियो। त्यसबेला स्थायी सुरक्षा बल थिएन । त्यसैले जनतालाई आफ्नो र परिवारको सुरक्षाका लागि हतियार राख्ने अधिकार दिइएको थियो । तर यो कानुन आज पनि कायम छ र यसको दुरुपयोग अहिले पनि भइरहेको छ ।

Share: