Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
पाचौँ बकैया कप फुटबल पुस २४ देखि – Lekhanpeeth

पाचौँ बकैया कप फुटबल पुस २४ देखि

303
0
Share:

काठमान्डौ/पाचौँ बकैया कप फुटबल प्रतियोगिता पुस २४ देखि हुने भएको छ । युवा तथा खेलकुद विकास समिति बकैया गाउँपालिकाले गर्ने प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले समुद्घाटन गर्ने कार्यक्रम छ ।

 

प्रतियोगितामा बकैया गाउँपालिकाका १२ वटै वडाको सहभागिता हुनेछ । बकैयाखोला दोभान नजिकैको रङ्गशालामा हुने प्रतियोगितामा विजेताले एक लाख रुपैयाँ र उपविजेताले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

 

पुस २४ देखि २९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको तयारी तीव्र पारिएको आयोजक समितिका संयोजक विजय लामा थिङले जानकारी दिए ।

Share: